आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

बेशीगाउँ महिला समुहले फागुन २४ गते कविता वाचन प्रतियोगिता गर्ने

गोकर्णेश्वर खबर२१ फाल्गुन २०७७, शुक्रबार ०९:४७ मा प्रकाशित (३ साल अघि) ५७१ पाठक संख्या

२१ फागुन, काठमाडौं । १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेशीगाउँ महिला समुहले कविता वाचन कार्यक्रम गर्ने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा रहेको समुहले प्रथम कविता वाचन प्रतियोगिता २०७७ गर्ने जनाएको छ ।
प्रतियोगितामा भाग लिन चाहने महिलाहरुले फागुन २३ गते सम्ममा आफ्ना रचना पठाईसक्नु पर्नेछ भनें २४ गते सोमबार २ बजे भेनस कलेज प्राङ्गण बेशीगाउँमा कार्यक्रम हुने आयोजकले बताएका छन् । प्रतियोगितामा उत्कृष्ठ ३ जनालाई पुरस्कारको व्यवस्था गरिएको छ ।
कार्यक्रमका बारेमा विस्तृत जानकारी चाहिएमा अनिता जोशी श्रेष्ठ, तारा देवी फुयाल र समाजसेवी याङ योञ्जनसँग लिन सकिने आयोजकले बताएका छन् ।