आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

५ पूर्वप्रमुख निर्वाचन आयुक्तले भने-‘नेकपा विवादबारे छिटो निर्णय दिनुपर्छ’

गोकर्णेश्वर खबर१९ फाल्गुन २०७७, बुधबार २२:३३ मा प्रकाशित (३ साल अघि) ४०६ पाठक संख्या

काठमाडौँ — पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानुन र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले बुधबार संयुक्त विज्ञप्ति प्रकाशन गरी उक्त सुझाव दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नले हामीलाई गम्भिर बनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हालसम्म नटुङ्गिएको स्थितिमा उनीहरुको यो प्रतिक्रिया आएको छ । आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय दिन उनीहरुले अनुरोध गरेका हुन् ।