आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

प्रधानमन्त्रीको जिम्मेवारी आए पछि हट्दैनौं :सभापति देउवा

गोकर्णेश्वर खबर१९ फाल्गुन २०७७, बुधबार २०:१७ मा प्रकाशित (३ साल अघि) १९७ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै जिम्मेवारी सम्हाल्ने जिम्मेवारी आएपछि नहट्ने बताएका छन् ।

बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफूलाई कुनै लोभ नभएको तर जिम्मेवारी आए पछि हट्नु पनि नहुने बताए । कांग्रेसलाई पदको लोभ पनि छैन, काँधमा जिम्मेवारी आयो भने भाग्ने पनि छैन’ उनले भने।
सभापति देउवाले यो रणनीतिले पार्टीलाई फाइदा नै हुने बताए । तर अबको संसदमा पार्टीको रणनीतिबारे उनले केही बताएनन् ।