आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

गोकर्णेश्वर नगरपालिकाले नगरबासीलाई फागुन २३ गते कोरोना विरुद्धको खोप लगाउने

गोकर्णेश्वर खबर१९ फाल्गुन २०७७, बुधबार १४:४९ मा प्रकाशित (३ साल अघि) ७४४ पाठक संख्या

काठमाडौं, फागुन १९ ।गोकर्णेश्वर नगरपालिकाले फागुन २३ गते बाट दोस्रो  चरणमा ५५ बर्स भन्दा माथिका नागरिक र स्कुल तथा महाबिद्यालयका कर्मचारीहरु र चालकहरुलाइ कोभिड बिरुद्दको खोप लगाउने भएको छ।  कोभिड १९ बिरुद्धको खोप अभियान अन्तर्गत गोकर्णेश्वर नगरपालिका स्तरिय खोप समन्वय समितिले सरकारले जारी गरेको निर्देशिका अनुसार खोप कार्यक्रम अघि बढाउन लागिएको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्यायले जानकारी गराएका छन  । उनले खोप सम्बन्धि गोकर्णेश्वर नगरपालिका स्तरिय खोप समन्वय समितिको मंगलबार बैठक समेत बसेको जानकारी गराएका छन ।

 फागुन  २३ गते बाट  गोकर्णेश्वर नगरपालिकाका शंकरापुर अस्पाताल , नेपाल मेडिकल कलेज अत्तरखेल र गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्ण प्राथमिक अस्पताल बाट बिहान १० बजे देखि   ४ बजे सम्म  उक्त खोप लगाइने व्यवस्था मिलाइएको पनि जानकारी गराए ।पहिलो  चरणमा स्वैच्छिक रूपमा जोखिममा रहेका पेसा र व्यवसायका मानिस तथा भिडभाडमा काम गर्ने कर्मचारीदेखि स्थानीय तहका पदाधिकारीलाई खोप दिइएको थियो।