आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

कांग्रेस नेता पासाङ र क्याप्टेन विजय लामाको सहयोगमा १२ सय विद्यार्थीले पाए न्यानो बस्त्र

गोकर्णेश्वर खबर१९ फाल्गुन २०७७, बुधबार ००:०२ मा प्रकाशित (३ साल अघि) ३८५ पाठक संख्या

सिन्धुपाल्चोक – भोटेकोसी गाउँपालिका– ५ का १२ सय विद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत, क्याप्टन विजय लामा र तरुण विभागका केन्द्रीय सदस्य पासाङ नोर्बु लामासहितको टिमले नेपाल–चीन सीमा क्षेत्रका विद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण गरेको हो ।

भोटेकोसी– ५ स्थित मार्मिङ माध्यमिक विद्यालय, गोल्ची र मार्मिङ्काकै अर्को एक बिद्यालय गरी तीन बिद्यालयका १२ सय बिद्यार्थीले न्यासो बस्त्र ट्रयाकसुट पाएका हुन् ।

भोटेकोसी गाउँपालिकाको यस वडा बिकट तथा हिमाली बस्तीमा पर्दछ । गर्मी मौसममा समेत चिसो हुने भएपछि न्यानो संस्थाका अध्यक्ष समेत रहेका क्याप्टेन विजय लामा र मार्मिङ्का व्यावसायी तथा नेपाली कांग्रेस गाउँ इकाई सभापति एवम् तरुण विभागका केन्द्रीय सदस्य पासाङ नोर्बु लामाको ब्यक्तिगत सहयोगमा सो बस्त्र सहयोग गरिएको न्यानो सस्थाले जानकारी दिएको छ ।

अधिकांश समय चिसो हुने हुनाले बिद्यार्थीलाई सहयोग पुग्ने हेतुले न्यानो संस्थामार्फत कपडा बितरण गरिएको सभापति पासाङ नोर्बु लामाले बताए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री मोहनबहादुर बस्नेतले विकास र समृद्धको लागि शिक्षाको महत्व हुने बताए । उनले शिक्षा क्षेत्रमा विकास र परिवर्तन गर्दै हरेक बालबालिकालाई अनिवार्य बिद्यालय पठाउनुपर्नेमा अभिभावक,जनप्रतिनिधि सबैले ध्यान दिनु पर्ने बताए । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले शिक्षानै भविष्यको मार्ग दर्शन भएको भन्दै सबै अभिभावकले आफ्ना छोराछोरीको उज्जवल भविष्यको लागी अनिवार्य रुपमा विद्यालय पठाउनु पर्नेमा जोड दिए ।

क्याप्टेन विजय लामाले बिकट भएपनि बालबालिकालाई बिद्यालय पठाउन अभिभावकसँग आग्रह गरे । ‘अहिलेको परिस्थितिमा शैक्षिक क्षेत्र अझै सुधार गर्न पर्ने भएको छ’, उनले भने, ‘हरेक बालबालिकाको भविश्य शिक्षामा जोडिएको छ ।’
लामाले भने, ‘दुःख गरेर भए पनि बालबालिकालाई पठनपाठनमा अभिभावकले जोड दिनुपर्छ ।’
ब्यवसायी पासाङ नोर्बु लामाले बिद्यालय र बिद्यार्थीको लागि अवस्यक पर्ने शैक्षिक सामग्रीदेखि हरेक सहयोग गर्न आफू तयार रहेको बताए । मार्मिङका बिद्यार्थीले न्यानो बस्त्र पाएपछि खुसी भएका छन् ।