आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

विप्लव समूहद्वारा पनि प्रकाण्डको नेतृत्वमा वार्ता समिति गठन

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७७, मंगलवार २२:३१ मा प्रकाशित (३ साल अघि) २२० पाठक संख्या

काठमाडौं – सरकारसँग वार्ता गर्नका लागि प्रतिबन्धित नेकपा ‘विप्लव’ समूहले नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

सरकारले गृहमन्त्री राम बहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता समिति गठन गरिसकेको छ । सरकारले वार्ता समिति गठन गरेपछि विप्लव समूहले पनि प्रकाण्डको नेतृत्वमा वार्ता समिति गठन गरेको हो ।

वार्ता टोलीका अर्का सदस्यमा उदय चलाउने ‘दीपक’ रहेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

सरकारी तवरबाट समेत पछिल्लो समय वार्ताका लागि पहल भएपछि विप्लव समूहले सहज वातावरणमा राजनीतिक गर्ने परिस्थिति बनाइए वार्ता गर्न तयार रहेको बताएको थियो ।

सरकारका प्रवक्ता पार्वत गुरुङले हिजो मात्र विप्लव समूलाई वार्ताका लागि औपचारिक आह्वान गरेको थियो ।