आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

विप्लवसँग वार्ताका लागि गृहमन्त्री थापाको संयोजकत्वमा वार्ता टोली गठन

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७७, मंगलवार २२:१९ मा प्रकाशित (३ साल अघि) ४५० पाठक संख्या

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ताका लागि सरकारले वार्ता टोली गठन गरेको छ ।

सरकार र विप्लव नेकपा दुवै वार्ताका लागि सकारात्मक भएपछि सरकारले वार्ता टोली घोषणा गरेको हो ।। वार्ता टोलीमा गृहमन्त्री राम बहादुर थापा संयोजकत्वमा २ सदस्यीय वार्ता टोली गठन भएको हो। टोलीको सदस्यमा डा. राजन भट्टराई रहेका छन् ।

विप्लव नेतृत्वको नेकपामाथि २०७५ साल फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएको थियो ।

दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापामा आयोजित कार्यक्रममा विप्लव नेकपासँग छिट्टै वार्ता हुने र वार्तापछिको सहमतिको कार्यक्रम घरमै बसेर हेर्नसकिने बताएका थिए ।