आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १,८८८ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१४ कार्तिक २०७७, शुक्रबार १६:३६ मा प्रकाशित (३ साल अघि) १८९ पाठक संख्या

काठमाडौं । दसैँका कारण कोरोना संक्रमितको संख्या घटेको काठमाडौं उपत्यकामा फेरि संक्रमण बढ्न थालेको छ । दसैँमा पिसिआर परीक्षण कम भएकाले संख्या कम भएको थियो । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जनामा कोरोना संक्रमण भएको छ ।

काठमाडौंमा १ हजार ५ सय ८ जना, भक्तपुरमा १ सय ३१ जना र ललितपुरमा २ सय ४९ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ५ सय १७ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । संक्रमितमध्ये १ लाख २८ हजार ९ सय ५८ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ९ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।