आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

इन्डो–प्यासिफिक रणनीति शीत युद्धकालीन पुरानो मानसिकताको उपज : चीन

गोकर्णेश्वर खबर१३ कार्तिक २०७७, बिहीबार १४:०१ मा प्रकाशित (३ साल अघि) ४१० पाठक संख्या

काठमाडौं -चीनले अमेरिकी विदेशमन्त्री माइक पम्पियोको भारत भ्रमणप्रति लक्षित गदै अमेरिकाले प्रस्ताव गरेको इन्डो प्यासिफिक रणनीति शीत युद्धकालीन पुरानो मानसिकताको उपज भएको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सो रणनीति मार्फत अमेरिकाले आफ्नो प्रभुत्व बढाउन खोजेको आरोप समेत लगाए ।

उनले भने,‘हामी केही निश्चित अमेरिकी राजनीतिज्ञहरुलाई शीत युद्धकालीन गेमको मानसिकता र आइनथ्रेट जस्तो कुरालाई आइप नगर्न र क्षेत्रीय मुलुकहरुको बीचमा विमतिको बिउ नरोप्न र क्षेत्रीय शान्ति र स्थायीत्वलाई अन्डरकटिङ नगर्न आग्रह गर्दछौ ।’