आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

नेपालमा थपिएका १,५५९ जना कोरोना संक्रमित कुन जिल्लाका कति ? (सूचीसहित)

गोकर्णेश्वर खबर१४ आश्विन २०७७, बुधबार १७:०८ मा प्रकाशित (३ साल अघि) ३०४ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यका केन्द्रित भएको छ । पछिल्लो २४ घन्टामा देशभर संक्रमितको संख्या १ हजार ५ सय ५९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसमध्ये अधिकांश उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ५९ जनासहित देशभर संक्रमितको सख्ंया ७७ हजार ८ सय १७ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ५६ हजार ४ सय २८ जना निको भएर घर फर्किएका छन् भने जनाको कोरोना भाइरसको संक्रमणका कारण ४ सय ९८ जनाको मृत्यु भएको छ ।