आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

नेपालमा पछिल्लो २४ घन्टामा १,५५९ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ७७,८१७ पुग्यो

गोकर्णेश्वर खबर१४ आश्विन २०७७, बुधबार १६:४१ मा प्रकाशित (३ साल अघि) ३५३ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ५९ जनासहित देशभर संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ५६ हजार ४ सय २८ जना निको भएर घर फर्किएका छन् भने ४ सय ९८ जनाको ज्यान गएको छ ।