आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

नेपालमा पछिल्लो २४ घन्टामा १५१३ जनामा कोरोना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर१३ आश्विन २०७७, मंगलवार १६:२९ मा प्रकाशित (३ साल अघि) ३१२ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घन्टामा १ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय १३ जनासहित देशभर संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ५५ हजार ३ सय ७१ जना निको भएर घर फर्किएका छन् भने ४ सय ९१ जनाको ज्यान गएको छ ।