आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

नेपालमा थपिए अहिलेसम्मकै धेरै संक्रमित, पछिल्लो २४ घन्टामा १,४५४ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२६ भाद्र २०७७, शुक्रबार १६:४४ मा प्रकाशित (३ साल अघि) ३१२ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थपिएका १ हजार ४ सय ५४ जनासहित देशभर संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३६ हजार ६ सय ७२ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोनाबाट ३ सय २२ जनाको ज्यान गएको छ ।