आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो : पछिल्लो २४ घन्टामा १,२४६ जना संक्रमित

गोकर्णेश्वर खबर२५ भाद्र २०७७, बिहीबार १६:२४ मा प्रकाशित (३ साल अघि) २५६ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर संक्रमितको संख्या १ हजार २ सय ४६ जना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका १ हजार २ सय ४६ जनासहित देशभर संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३५ हजार ७ सय जना उपचारपछि घर फर्किएका छन् ।