आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४६४ जनामा कोरोना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर२४ भाद्र २०७७, बुधबार १६:४४ मा प्रकाशित (३ साल अघि) ३०३ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ९४ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या पनि देशभर ४९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ८१ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ८१ जनासहित देशभर संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३३ हजार ८ सय ८२ जना निको भएर घर फर्किएका छन् भने ३ सय १२ जनाको ज्यान गएको छ ।