आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु (सूचीसहित)

गोकर्णेश्वर खबर२३ भाद्र २०७७, मंगलवार १७:०७ मा प्रकाशित (३ साल अघि) २०६ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ६ पुगेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमितको संख्या ४८ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर ९ सय २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका ९ सय २ जनासहित देशभर संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३२ हजार ९ सय ६७ जना निको भएर घर फर्किएका छन् ।