आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु

गोकर्णेश्वर खबर१८ भाद्र २०७७, बिहीबार १६:४९ मा प्रकाशित (३ साल अघि) २२२ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढीरहेको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेको संख्या नेपालमा २ सय ५७ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा कहाँ कति मृत्यु ?

चितवन: ४० वर्षीया महिला
भक्तपुर: ४० वर्षीया महिला
तनहुँ: ९२ वर्षीया महिला
रुपन्देही: ७७ वर्षीया महिला र ६५ वर्षीय पुरुष
सिन्धुपाल्चोक: ७७ वर्षीय पुरुष

कोरोना भाइरसको संक्रमण देशभर निरन्तर बढीरहेको छ । पछिल्लो २४ घन्टामा १ हजार २ सय २८ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका १ हजार २ सय २८ जनासहित देशभर संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको जानकारी दिए ।

संक्रमितमध्ये २४ हजार २ सय ७ जना उपचारपछि निको भएर फर्किएका छन् भने अहिलेसम्म २ सय ५७ जनाको कोरोनाबाट ज्यान गएको छ ।