आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

काठमाडौँमै तोडियो निषेधाज्ञा,रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप

गोकर्णेश्वर खबर१८ भाद्र २०७७, बिहीबार १५:०९ मा प्रकाशित (३ साल अघि) ५१५ पाठक संख्या

ललितपुर- १८ भदौ । सरकारले आजबाट थप एक साता निषेधाज्ञा जारी गरेकै दिन काठमाडौँमा त्यसको ठाडो उलन्घन भएको छ।

निषेधाज्ञा तोड्दै रातो मच्छिन्द्रनाथको रथ तान्न भेला भएका सयौ स्थानीयलाई प्रहरीले हटाउने क्रममा ललितपुरमा झडप भएको छ ।

झडपमा प्रहरीले भीड हटाउन पानीको फोहोरा प्रयोग गरेको थियो भने आक्रोशित भीडले ढुंगा हानेको थियो ।

अहिले स्थानीयहरु तितरबितर भएका छन् भने रथलाई प्रहरीको ठूलो समूहले सुरक्षा दिएको छ ।

सामाजिक दूरी अपनाएर रथ तान्दा पनि प्रहरीले हस्तक्षेप गरेको र परम्परा रोकिएको भन्दै गुठीयारहरु आक्रोशित भएका छ्न । आफ्ना संस्कृति, परम्परामाथि प्रहरीले हस्तक्षेप गरेको स्थानीयको आरोप छ ।