आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १,१२० कोरोना संक्रमित

गोकर्णेश्वर खबर१७ भाद्र २०७७, बुधबार १६:५३ मा प्रकाशित (३ साल अघि) ३०६ पाठक संख्या

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ थियो ।

पछिल्लो २४ घण्टामा थप १११२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २३ हजार २९०  पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२ हजार १७८ थियो ।

मन्त्रालयका अनुसार मंगबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३९ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ ।