आज: ३ जेष्ठ २०८१, बिहीबार | Thu, 16, May, 2024

मानव अधिकार तथा शान्ति समाज काठमाडौंले भोली जोरपाटीमा रक्तदान कार्यक्रम गर्दै

गोकर्णेश्वर खबर१६ भाद्र २०७७, मंगलवार १९:२४ मा प्रकाशित (३ साल अघि) ८५३ पाठक संख्या

काठमाडौं – कारोना कहरका कारण देशभर रगतको अभाव हुन थालेपछि गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र नयाँ बस्ती यूवा क्लब , मानव अधिकार तथा शान्ति समाजको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमलाई तिव्रता दिन थालेका छन ।

कोरोना कहरका कारण काठमाडौं उपत्यकासहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै मानव अधिकार तथा शान्ति समाज काठमाडौंले नयाँबस्ती युवा क्लब र गोकर्णेश्वर स्वयंसेवक परिचालन समितिसंगको सहकार्यमा भोली(बुधवार) रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

समाजले नयाँबस्ती युवा क्लबको प्रांगण, जोरपाटीमा रक्तदान कार्यक्रम गर्न लागको हो । भोली (बुधबार) आयोजित कार्यक्रम बिहान ८ बजे प्रारम्भ हुने समाजले जनाएको छ ।

स्वास्थ्य सुरक्षाको उचित प्रवन्धसहित यथेष्ट भौतिक दुरी कायम गरेर मात्रै रक्तदानको ब्यवस्था मिलाईने समाजले जनाएको छ ।

कोरोना भाइरस संक्रमणका कारण विरामीहरुले अस्पतालहरुमा रगत नपाएर छटपटिनु पर्ने अवस्था सृजना हुन लागेको भन्दै केहि हदसम्म पूर्ति हुने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको समाजले जानकारी दिएको छ । अभावको समयमा गरिएको रक्तदानको महत्व बिशेष रहने भन्दै सबै रक्तदातालाई उल्लेख्य सहभागी भई कार्यक्रम सफल पारिदिन समेत आग्रह गरेको छ ।