आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

काठमाडौं उपत्यकामा आज थपिए १६६ कोरोना संक्रमित

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार १६:३८ मा प्रकाशित (३ साल अघि) २५८ पाठक संख्या

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप १६६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना गरी जम्मा १६६ जना संक्रमित थपिएका छन् ।

शनिबार काठमाडौँ उपत्यकामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंका १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना थिए ।

मन्त्रालयका अनुसार आजसम्म मुलुकभर सक्रिय संक्रमित १३ हजार १५५ रहेको छ ।