आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

गोकर्णेश्वर नगरपालिकाको सार्वजनिक सुचना

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार ०८:२० मा प्रकाशित (३ साल अघि) २१४३ पाठक संख्या

काठमाडौं, भाद्र ७ ।  गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक सुचना जारी गरेको छ ।

उक्त सुचनाम कोरोना भाइरस कोभिड १९ को संक्रमणको जोखिम दिनानुदिन बढिरहेको सन्धर्भमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउन जरुरि भएको हुँदा नगरबासीलाई  निम्न बमोजिम गर्न गराउन अनुरोध गरिएको छ ।

१)मिति २०७७ साल भाद्र ३ गते देखि भाद्र  १०  गते सम्म जिल्ला प्रशासन कार्यलय काठमाडौं बाट निषेधाज्ञा जारी भएको अवस्था रहेको हुँदा सो अवधिमा सबै ब्यक्तिहरु आ आफ्नो घर भित्र सुरक्षित रुपमा बस्ने साथै अत्यावश्यक काम बाहेक घर बाहिर निस्कने र आवतजावत गर्ने लगायतका कार्यहरु नगर्ने ।

२) खाद्यान्न पसल, औषधी पसल लगायतका अत्यावश्यक बस्तु तथा सेवा प्रदान गर्ने पसल व्यवसाय बाहेकका अन्य सम्पूर्ण पसल व्यवसायहरु पूर्ण रुपमा बन्द गर्ने ।

३) खाद्यान्न पसलहरु प्रत्येक दिन बिहान ५ बजे देखि बिहान ९ बजे सम्म स्वास्थ्य सुरक्षाको भरपर्दो प्रवन्ध मिलाएर मात्र संचालन गर्ने ।

४ )सबैले संयमता र सावधानी अपनाऔं, आफु सुरक्षित रहौं,सुरक्स्खित रहन पाउने अरुको अधिकारको समेत सम्मान गर्न उक्त सुचनामा अनुरोध गरिएको छ ।