आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

काठमाडौँ उपत्यकामा थपिए २०० कोरोना संक्रमित

गोकर्णेश्वर खबर४ भाद्र २०७७, बिहीबार १६:५३ मा प्रकाशित (३ साल अघि) ३५५ पाठक संख्या

४ भदाै, काठमाडाैँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप २०० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

संक्रमितहरूमा काठमाडौँका १७४ जना, भक्तपुरका ८ जना र ललितपुरका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । पछिल्लो २४ घण्टामा देशभर ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार कोरोना संक्रमण पुष्टि भएकामध्ये १९२ महिला र ५१४ पुरुष रहेका छन् । योसहित संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ९६४ पुगेको छ। नेपालमा कोरोनाबाट १२६ जनाको मृत्यु भएको छ।