आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा उल्लङ्घन गर्ने बिहान १० बजेसम्म ५१० जना पक्राउ

गोकर्णेश्वर खबर४ भाद्र २०७७, बिहीबार ११:१७ मा प्रकाशित (३ साल अघि) १७५ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही तिब्र पारेको छ । बिहान १० बजेसम्म विभिन्न ठाउँबाट ५ सय १० जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले काठमाडौंबाट २ सय ७५ जना, ललितपुरबाट १ सय ५० जना र भक्तपुरबाट ८५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै सवारी साधन पनि नियन्त्रणमा लिइएको छ । १ सय ८६ दुई पाङग्रे र ५६ वटा चार पाङग्रे गरी दुई सय ५६ वटा सवारी साधन नियन्त्रणमा लिएको महानगरी प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।