आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

बुधबारदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा

गोकर्णेश्वर खबर२ भाद्र २०७७, मंगलवार २०:२६ मा प्रकाशित (३ साल अघि) ६४१ पाठक संख्या

काठमाडौं उपत्यकामा भोलि देखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ ।

काठमाडौ,ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भर्खरै सकिएको बैठकले भोलि राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बैठकको औपचारिक निर्णय सार्वजनिक हुँदैछ । अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।