आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ९८ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर३१ श्रावण २०७७, शनिबार १७:१६ मा प्रकाशित (३ साल अघि) ४०७ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ९८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा ९८ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ८० जना, भक्तपुरमा ९ जना र ललितपुरमा ९ जनामा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमण भएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या २६ हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ४ सय ६८ सहित देशभर संक्रमितको संख्या २६ हजार १९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १७ हजार २ सय १ जना उपचारपछि घर फर्किएका छन् भने १ सय २ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।