आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

सिन्धुपाल्चोक पहिरोको दर्दनाक दृश्यहरु (फोटोफिचर)

गोकर्णेश्वर खबर३० श्रावण २०७७, शुक्रबार १७:०८ मा प्रकाशित (३ साल अघि) २६७ पाठक संख्या

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिको लामा टोलमा आज बिहान गएको पहिरोमा १३ वटा घर पुरिएका छन् । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । पहिरोमा ३८ जना वेपत्ता भएका थिए जसमध्ये २ जनाको शव फेला परेको छ। अन्य बेपत्ताहरुको भने खोजी कार्य भइरहेको छ ।

त्यस्तै सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको पहिरो पीडित बस्तीमा पुगेर फर्केका छन् । सभामुख सापकोटा नेपाली सेनाको हेलिकप्टरबाट पहिरो प्रभावित क्षेत्रमा पुगेको हुन् । उनि घटनास्थलको अवलोकन गरेर फर्केका छन ।

तस्बिर : श्रीधर न्यौपानेको फेसबुक वालबाट