आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

अपडेट : सिन्धुपाल्चोकको लिदी पहिरोमा पुरिएका २ जनाको शव भेटियो

गोकर्णेश्वर खबर३० श्रावण २०७७, शुक्रबार ०९:५६ मा प्रकाशित (३ साल अघि) २५५ पाठक संख्या

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान साँढे ६ बजे गएको भीषण पहिरोमा पुरिएका दुई जनाको शव फेला परेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ३ घरका २१ जना पुरिएका छन् । पहिरोमा पुरिएका पाँच जनाको उद्धार गरिएको छ । उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

वडाध्यक्ष प्रताप लामाका अनुसार पहिरो गाउँकोबीच भागमा गएकोले कति घर पुरिएको हो अझै एकिन भएको छैन । उनले भने, ‘पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ, उद्धार जारी छ ।’

गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङका अनुसार पहिरोमा परेका १५ जना घाइते आफैँ निस्किएका छन् । पहिरो भएको क्षेत्रमा जान सक्ने अवस्था नरहको उद्धारमा जुटेका स्थानीय आशबहादुर तामाङले जानकारी दिए । पुरिएका पाँच घरका सबै सम्पर्कविहीन रहेको कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले जानकारी बताए ।

पहिरोले गाउँ नै पुरिएपछि उद्धार टोली हेलिकोप्टरबाट जाने तयारी भइरहेको छ ।

जनप्रतिनिधिले चाँडो भन्दा चाँडो घटना स्थलमा घाइतेहरूको उद्धार कार्यमा लाग्न अपिल गरेका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटना स्थल पुगेर क्षतिको विवरण संकलन तथा उद्धारको काम गर्दै गरेको जिल्ला प्रशासन कार्यालयकी प्रसाशकीय अधिकृत सुनिता पहरीले जानकारी दिइन् ।