आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

नेपालमा एकैदिन ३ संक्रमितको मृत्यु, वीरगञ्जमा २ र धरानमा १

गोकर्णेश्वर खबर१५ श्रावण २०७७, बिहीबार १८:०० मा प्रकाशित (३ साल अघि) ३८६ पाठक संख्या

काठमाडौं ।  एकैदिन नेपालमा तीन कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो विराटनगरबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएका ४५ वर्षका संक्रमितको उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो । गम्भीर अवस्थामा प्रतिष्ठान ल्याइएका ती संक्रमितको उपचारका क्रममा मत्यु भएको सापकोटाले बताउनुभयो ।

कोरोनाका कारण मृत्यु भएका पुरुष मोरङको सुनवर्षी नगरपालिकाका हुनुहुन्छ । उहाँलाई ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मंगलबार कोसी अस्पतालको फिभर क्लिनिकमा जाँच गर्न आउनुभएको र स्वाब संकलन पश्चात कोसी अस्पतालकै आइसोलेसनमा भर्ना हुनुभएको थियो ।   बुधबार बिहान उहाँको रिपोर्ट पोजेटिभ आएको थियो । यस्तै आजै वीरगञ्जमा कोरोना पोजेटिभ देखिएका २ वृद्धको उपचारकै क्रममा मृत्यु भएको थियो । कोरोना पोजेटिभ भएका ५२ जनाको मृत्यु भइसकेको छ ।