आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

गोकर्णेश्वर खबर१५ श्रावण २०७७, बिहीबार १७:१६ मा प्रकाशित (३ साल अघि) ४६९ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा काठमाडौंका ४१ जना, ललितपुरका २ जना र भक्तपुरका दुईजनामा कोरोना संक्रमण भएको जनाएका छन् ।

उपत्यकाका विभिन्न ठाउँमा देखिएको संक्रमणको स्रोत पुष्टि हुन नसकेकाले सतर्कता अप्नाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

विभिन्न जिल्लामा थपिएका २ सय ७४ जनासहित देशभर संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।

संक्रमितमध्ये १४ हजार २ सय ४८ जना उपचारपछि घर फर्किएका छन् भने ५२ जनाले ज्यान गुमाएका छन् ।