आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

बिहिबार २७४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १९ हजार ५४७ पुग्याे

गोकर्णेश्वर खबर१५ श्रावण २०७७, बिहीबार १७:०८ मा प्रकाशित (३ साल अघि) २२७ पाठक संख्या

१५ साउन, काठमाडाैँ । बिहिबार २७४ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बिहिबार थप २७४ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १९ हजार ५४७ पुगेकाे छ । प्रवक्ता गाैतमका अनुसार सक्रिय संक्रमित ५ हजार २२७ रहेका छन् ।

पछिल्लाे २४ घण्टामा २२७ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १४ हजार २४८ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५२ जना पुगेकाे छ । ५ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।