आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

कोरोना संक्रमितको शव व्यवस्थापनमा खटेका १० सैनिकमा संक्रमण पुष्टि

गोकर्णेश्वर खबर१४ श्रावण २०७७, बुधबार २२:४७ मा प्रकाशित (३ साल अघि) २४४ पाठक संख्या

जनकपुरधाम – महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित १० जना नै महोत्तरीको रणभीम गण प्रकौली ब्यारेकमा कार्यरत हुन्। उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिँदै आएका थिए।

संक्रमण पुष्टि भएका सबैलाई उपचारको लागि नेपाली सेनाकै बर्दिबासस्थित किशान गंजको आइशोलेसनमा पठाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जानकारी दिए।
महोत्तरी गाउँपालिका मडैमा कोरोनाबाट एकजनाको मृत्यु भएपछि उनको शव व्यवस्थापनमा ती नेपाली सेनाहरु नै खटिएका थिए।

संक्रमित सबै केही दिनदेखि नै आइसोलेशनमा बस्दै आएका हुन्।

करिब २२ जना नेपाली सेनाको स्वाब संकलन गरेर जाँच गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रजिअ कटवालले बताए। शव व्यवस्थापनमा खटिएका सेनाहरु पहिलेदेखि नै आइसोलेशनमा बस्दै आएकाले ब्यारेकलाई शिल गरिएको छैन, उनले भने।