आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

काठमाडौं उपत्यकामा आजै थपिए १५ कोरोना संक्रमित

गोकर्णेश्वर खबर१४ श्रावण २०७७, बुधबार १७:२२ मा प्रकाशित (३ साल अघि) ५९४ पाठक संख्या

काठमाडौं – बुधबार काठमाडौं उपत्यकामा १५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंका १४ जना र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका सात जनामा संक्रमण देखिएको हो ।

टेकुमा गरिएको परीक्षणमा भक्तपुरका एक, काठमाडौंका दुई जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी वीर अस्पताल प्रयोगशालमा काठमाडौंका दुई, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका एक जनमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले जनाएको छ ।

ललितपुरको स्टार अस्पताल प्रयोगशालामा पनि काठमाडौंका दुई जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार आज नेपालमा थप २१० जनामा संक्रमण कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा थप २१० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार नेपालमा संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।

२४ घन्टामा १४६ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै १४ हजार २१ जना कोरोना निको भएर डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए ।