आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

आज थप ३११ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १९,०६३ पुग्यो

गोकर्णेश्वर खबर१३ श्रावण २०७७, मंगलवार १७:१९ मा प्रकाशित (३ साल अघि) १९० पाठक संख्या

काठमाडौं – नेपालमा मंगलबार थप ३११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

त्यस्तै काठमाडौं उपत्यकामा एकैदिन ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४८ जना संक्रमित भेटिएका छन् ।

यस्तै ललितपुरमा ४ र भक्तपुरका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीमात्रै २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।