आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

काठमाडौं उपत्यकामा एकैदिन ५३ जनामा कोरोना पुष्टि,उपत्यकामा जोखिम बढ्यो

गोकर्णेश्वर खबर१३ श्रावण २०७७, मंगलवार १७:१२ मा प्रकाशित (३ साल अघि) ६९६ पाठक संख्या

काठमाडौं – काठमाडौं उपत्यकामा एकैदिन ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४८ जना संक्रमित भेटिएका छन् ।

यस्तै ललितपुरमा ४ र भक्तपुरका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीमात्रै २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका प्रवेश गर्ने नाकामै स्वाब संकलन

यसैबीच काठमाडौं उपत्यका प्रवेश गर्नेहरुको नाकामा नै स्वाब संकलन गर्न थालिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै थानकोट नागढुंगा नाकामा २ हजार ९१४ नामको स्वाब संकलन गरिएको छ । यस्तै सांगामा ९४४ र फर्किङ नाकामा ९५३ जनाको स्वाब संकलन गरिएको छ ।

यसको रिपोर्ट आउनासाथ जानकारी गराउँछौं’ उनले भने ।