आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

स्याङ्जामा जिल्ला प्रमुखसहित १८ जना प्रहरीमा कोरोना पुष्टि

गोकर्णेश्वर खबर१२ श्रावण २०७७, सोमबार १७:२१ मा प्रकाशित (३ साल अघि) २१८ पाठक संख्या

काठमाडौं – स्याङ्जामा जिल्ला प्रमुखसहित १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एकैपटक उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखिएको छ। यसअघि आइतबार प्रदेश १ मा १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी अस्पतालले जनाएको छ। टेकु अस्पतालमा गरिएको परीक्षणमा एक जनामा पुष्टि भइसकेको छ भने तीन जनाको रिपोर्ट आउन बाँकी छ।