आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, थप ३ जनाको मृत्यु

गोकर्णेश्वर खबर१२ श्रावण २०७७, सोमबार १७:०० मा प्रकाशित (३ साल अघि) २७९ पाठक संख्या

काठमाडौं : नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।