आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर११ श्रावण २०७७, आईतवार २१:४८ मा प्रकाशित (३ साल अघि) २२५ पाठक संख्या

काठमाडौं – वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

वीरगंजको नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एकजना भारतीय नागरिकमा कोरोना पुष्टि भएको हो ।

नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले कोरोना विशेष अस्पतालमा आज बिहान मृत्यु भएका एकजना भारतीय नागरिकमा कोरोना पुष्टि भएको जनाकारी दिएका हुन् ।

डा सिंहका अनुसार ती भारतीय नागरिक ६५ वर्षका पुरुष हुन् । उनी वीरगंजको आदर्शनगरमा कस्मेटिक तथा खेलौना पसल सञ्चालन गरेर बस्दै आएका थिए ।

मधुमेह तथा उच्च रक्तचापको समस्या भएका ती पुरुषमा एकसाता अघिदेखि स्वास्थ्यमा समस्या देखिएको थियो ।

श्वासप्रश्वासमा समेत समस्या भएपछि ती पुरुष वीरगंज हेल्थ केयरमा हिजो उपचारका लागि पुगेका थिए ।अस्पतालले उनको हिजो नै आरडीटी परीक्षण गरेको थियो ।

आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनलाई हेल्थ केयरले नारायणी अस्पतालको कोभिड विशेष अस्पतालमा रेफर गरेको थियो ।

कोरोना विषेश अस्पतालले उनको हिजो नै पीसीआर परीक्षणका लागि नमुना संकलन गरेको थियो । उनको कोरोना परीक्षणको रिपोर्ट आज साँझ पोजेटिभ आएको डा सिंहले जनाए ।

डा सिंहका अनुसार नारायणी अस्पतालमा गरिएको परीक्षणमा ती पुरुषसहित १८ जनाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

अस्पतालले उनको कोरोनाले मृत्यु भएको पुष्टि गरेसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ । स्थास्थ्य मन्त्रालयले भने उनको कोरोनाले मृत्यु भएको पुष्टि गर्न बाँकी छ ।