आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

नेपालमा कोरोनामुक्त हुनेको संख्या १३,१२८ पुग्यो, आजै ७५ जना संक्रमणमुक्त

गोकर्णेश्वर खबर११ श्रावण २०७७, आईतवार १७:२७ मा प्रकाशित (३ साल अघि) २६४ पाठक संख्या

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार १२८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

त्यस्तै आइतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । जसमा ५४४० सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।