आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

सप्तरीमा एक न्यायाधीश सहित ७ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर११ श्रावण २०७७, आईतवार १७:२१ मा प्रकाशित (३ साल अघि) १८७ पाठक संख्या

सप्तरी – सप्तरीमा एक जना न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार एक जना न्यायाधीश, एक जना प्रहरीसहित सात जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

यसअघि उच्च सरकारी वकील कार्यालयका प्रमुखमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो । ४३ बर्षीय उनमा तीन दिन अगाडि संक्रमित देखिएका थिए । उनी संक्रमित देखिएपछि सरकारी वकील कार्यालयका साथै अदालतका न्यायाधीश र कर्मचारीको पनि स्वाब संकलन गरिएको थियो । अन्यको रिपोर्ट भने आउन बाँकी छ ।

आइतबार राजविराजस्थित वडा प्रहरी कार्यालयका एक जना २३ बर्षीय जवान पनि संक्रमित देखिएका छन् ।

यस्तै, तिरहुत गाउँपालिका वडा नम्बर २ का ३९ वर्षीय पुरुष, वडा नम्बर ३ का ३८ बर्षीय, वडा नम्बर ४ का २६ वर्षीय, वडा नम्बर ५ का २८ वर्षका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए ।

योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।