आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

नेपालमा थपिए १३० कोरोना संक्रमित

गोकर्णेश्वर खबर११ श्रावण २०७७, आईतवार १७:१८ मा प्रकाशित (३ साल अघि) २४२ पाठक संख्या

आइतबार कोरोनाका १ सय ३० जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमित हुनेको संख्या १८ हजार ६ सय १३ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ७५ जना निको भइ घर फर्किएका छन्। हालसम्म १३ हजार १ सय २८ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा निको हुनेको दर ७०. ५ प्रतिशत रहेको गौतमले बताए।                                                                                  हालसम्म ३ लाख ४२ हजार ४ सय ५७ जनाको पिसिआर परीक्षण भएको छ।

अब देशभर ५ हजार ४ सय ४० सक्रिय संक्रमित छन्। हालसम्म मृतक ४५ जनामा कोरोनाभाइरस देखिएको छ।