आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

नायिका साम्राज्ञीविरुद्ध भुवन केसीले दिए अदालतमा उजुरी

गोकर्णेश्वर खबर९ श्रावण २०७७, शुक्रबार १८:२३ मा प्रकाशित (३ साल अघि) २५९ पाठक संख्या

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता भुवन केसीले उजुरी दिएका छन् ।

उनले जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन् । अदालतका सूचना अधिकारी ज्ञानबहादुर शाहले साम्राज्ञीविरुद्ध उजुरी परेको बताए ।

यसअघि अभिनेता भुवन केसीले चलचित्र कलाकार संघमा पनि साम्राज्ञीले आफ्नो चरित्रहत्या गरेको भन्दै उजुरी दिएका थिए ।

यो मुद्दालाई कलाकार संघले नै मिलाउन खोजिरहेका बेला भुवनले अदालतमा उजुरी दिएका हुन् ।

केही समयअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसीलाई इंगित गर्दै ‘ड्रिम्स’ फिल्म शूटिङका क्रममा आफू ‘घिनलाग्दो दुर्व्यवहार’ को शिकार भएको बताएकी थिइन् ।

साम्राज्ञीले आरोप लगाए पनि भुवनले भने बारम्बार आफूले दुर्व्यवहार नगरेको बताउँदै आएका छन् ।

पछिल्लो समय भुवन र साम्राज्ञीको सामाजिक सञ्जालमा दोहोरी नै चलेको थियो । चलचित्र कलाकार संघमा उजुरी परेपछि कलाकार संघले साम्राज्ञीसँग लिखित जवाफ मागेको थियो ।

साम्राज्ञीले भने वकिलमार्फत यो बहसलाई अगाडि बढाउन नचाहेको र मौखिक प्रतिक्रिया पठाएकी थिइन् ।