आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

अभिनेता सुशान्तको फिल्म हेरेर १३ वर्षीया बालिकाले गरिन् आत्महत्या,लेखिन् यस्तो भाुवक नोट

गोकर्णेश्वर खबर९ श्रावण २०७७, शुक्रबार १६:१३ मा प्रकाशित (३ साल अघि) ३१६ पाठक संख्या

मुम्बई – अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको विषयलाई लिएर प्रहरीले सोधपुछ गरिरहेको छ । उनले गत १४ जुनमा मुम्बईस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

उनको आत्महत्यापछि बलिउडमा नेपोटिज्मको विषयलाई लिएर व्यापक बहस भएको छ भने फ्यान पनि दुःखी भएका छन् ।

सुशान्तको आत्महत्यापछि भारतमा उनका फ्यानले आत्महत्या गरेको खबर बाहिरिएका छन् । यसैबीच एक १३ वर्षीया बालिकाले सुशान्तको फिल्म हेरेर आत्महत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

एएनआईको रिपोर्टअनुसार सुशान्तको आत्महत्याबाट दुःखी ती बालिका ७ कक्षामा अध्ययनरत थिइन् । उनको नाम जे एञ्जेला हो । उनले छोडेको नोटमा लेखेकी छिन् – सुशान्त दुनियाँबाट जानु मलाई राम्रो लागिरहेको छैन, त्यसैले म आत्महत्या गर्दैछु ।

प्रहरीले उनको आत्महत्यापछि अनुसन्धान थालेको छ । मिडिया रिपोर्टका अनुसार आत्महत्या गर्नुभन्दा केही समय पहिले ती बालिकाले सुशान्तको फिल्म ‘छिछोरे’ हेरेकी थिइन् ।