आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

तीज सुपर मम फोटो प्रतियोगितामा प्रथम हुनेलाई नगद रू १५,०००

गोकर्णेश्वर खबर६ श्रावण २०७७, मंगलवार १४:३० मा प्रकाशित (३ साल अघि) ६३२ पाठक संख्या

काठमाडौं – तीज सुपर मम् फोटो प्रतियोगिता-२०७७ सुरु भएको छ । केट्स इन्टरटेन्मेन्ट प्राली र द सुपर मम् नेपालको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । उक्त प्रतियोगितामा सहभागी हुन प्रतियोगिले आफ्नो बच्चा संग भएको फोटो,नाम, उमेर ठेगाना,नागरिकता वा पासपोर्ट को कपि,मोबाल नम्बर द सुपर मम् नेपालको मेसेजमा पठाउनुपर्ने छ । प्रतियोगितामा भाग लिने उमेरसमुहमा २० बर्ष देखी ७० बर्षसम्मको राखिएको छ ।

आयोजकका अध्यक्ष पुजना प्रधानका अनुसार पहिलो बिजेता प्रतियोगिले पन्ध्र हज़ार नगद पुरस्कारसहित गिफ़्ट ह्याम्पर र सर्टिफिकेट पाउने छन् । त्यस्तै दोस्रो बिजेतालाई उपहार स्वरूप नगद ७,००० सहित गिफ़्ट ह्याम्पर र सर्टिफिकेट,तेस्रो बिजेतालाई नगद ५,०००सहितं गिफ़्ट ह्याम्पर र सर्टिफिकेट पाउने छन भने प्रतियोगितामा सहभागी सम्पूर्णलाई सर्टिफिकेट प्रदान गरिने छ ।

प्रतियोगिताका नियमहरुमा प्रतियोगीले द सुपर मम् नेपालको पेजलाई अनिवार्य लाईक गर्नुपर्ने।
बच्चा संग भएको आफ्नो फोटो,नाम, उमेर ठेगाना,नागरिकता वा पासपोर्ट को कपि,मोबाल नम्बर द सुपर मम् नेपालको मेसेजमा पठाउने,आयोजकले तपाईको फोटोमा तपाईको नाम,उमेर, ठेगाना र सहभागीता नं. दिएर पोष्ट गरेपछी तपाईले त्यो पोष्ट लाई २० जनाको टाईमलाईनमा सेयर गर्नुपर्नेछ,२० जना भन्दा बढीलाई तपाईले सेयर गरेमा त्यो मान्ने हुने छैन,तपाईले सेयर गरेको २० जनाले पनि द सुपर मम् नेपालको पेजलाई अनिवार्य लाइक गरेको हुनुपर्नेछ, लाईक गरेको नगरेको आयोजकले थाहा पाउने हुँदा पेज लाइकनगर्नेको पोस्ट लाइक शेयर र कम्मेट लाई मान्यता दिईने छैन, सेयर गर्दा अरुको टाइमलाइनको नभई द सुपर मम् नेपालकै पेजबाट तपाईको पोष्टलाई सेयर लाईक र कम्मेट गर्नुपर्नेछ,तपाईले सेयर गरेको प्रत्येक २० जनाले अर्को २० जनालाई मात्र सेयर गर्न पाउनुहुनेछ। र प्रत्येक २० जनाले १ पटक मात्र कमेन्ट गर्न पाउनुहुनेछ,प्रतियोगीले कमेन्टलाई लाइक गर्न पाउनुहुन्छ तर पुनः कमेन्ट गर्न पाउनुहुने छैन,जसको सेयर लाईक र कम्मेट धेरै हुन्छ उहाँ नै तीज सुपर मम् फोटो प्रतियोगिताको विजेता हुनुहुनेछ।

प्रतियोगिता सहभागीहरुको लाइक कमेन्ट र शेयर गर्ने समय भदौ २ गते बिहान ११ बजे सम्म अन्तिम दिन हुनेछ,भदौ २ गते बिहान ११ बजे सम्मको मात्र लाईक,कम्मेट,शेयर गणना हुनेछ भने बिजेताको घोषणा भदौ ३ गते द सुपर मम् नेपालको फेशबुक पेजबाट लाईभ मार्फत हुनेछ ।

उक्त प्रतियोगिताको मुख्य प्रायोजक तामा पीतल र हप्पु रहेको छ भने कार्यक्रको सह-प्रायोजकका रुपमा भिजन फर नेपाल न्यूयोर्क .यूएसए रहेको छ । त्यस्तै कार्यक्रमको सहयोगीहरुमा वोर्डीविल्डींग स्टोर,इशु हेयर एण्ड व्युटी शैलुन,मुस्कान हेयर एण्ड व्युटी शैलुन र मुस्कान कलेक्सन रहेका छन् भने अफिसियल  मिडिया पार्टनरमा गोकर्णेेेेेेेश्वर खबर रहेको छ ।

भाग लिनपाउने समय आज दिनभरीदेखि राति ९ बजे सम्म मात्र Teej Super Mom Photo Competition 2077यस प्रतियोगिता मा वर्ष २०…

Posted by The Super Mom Nepal on Saturday, July 18, 2020