आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

शुक्रबार १०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १७ हजार ४४५ पुग्याे

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार १६:३४ मा प्रकाशित (३ साल अघि) २१२ पाठक संख्या

काठमाडौं- नेपालमा शुक्रबार थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ रहेको छ । पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप २८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ५३४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।