आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

सुनचाँदीको भाउ घट्यो

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार १३:५७ मा प्रकाशित (३ साल अघि) ५२० पाठक संख्या

काठमाडौं – सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ १२ डलरले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको हो ।

हिजो तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ९ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।