आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

पठाओका सहसंस्थापक फहिम मृत फेला

गोकर्णेश्वर खबर३१ असार २०७७, बुधबार २२:०९ मा प्रकाशित (३ साल अघि) ३१० पाठक संख्या

एजेन्सी – राइड शेयरिङ कम्पनी पठाओका सह संस्थापक फहिम सलेह अमेरिकामा मृत भेटिएका छन् ।

सलेहको शरीर काटिएको र छिन्नभिन्न भएको अवस्थामा शव फेला परेको बताइएको छ ।

३३ वर्षीय सलेह एक वर्ष अगाडी न्युयोर्कको अपोर्टमेन्टमा सरेका थिए । उनको घरको सीसीटीभी फुटेजमा उनी लिफ्टमा प्रवेश गर्दा उनीसँगै मास्क लगाएको मानिस देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

बंगलादेशी बुवाआमाका छोरा सलेहमा साउदी अरबमा जन्मेका थिए । उनको परिवार पछि अमेरिकामा सरेको थियो।

अमेरिकामा कम्प्युटर इन्जिनियरिङ पढेका सलेहले पाँचवर्ष अगाडि साथीहरुसँग मिलेर बंगलादेशमा राइड सेयरिङ कम्पनी पठाओको स्थापना गरेका थिए ।

उनले नाइजेरियामा गोकाडा नामक अर्को मोटरसाइकल राइड सेयरिङ कम्पनी समेत खोलेका थिए ।