आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

काठमाडौंमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर३१ असार २०७७, बुधबार १६:५८ मा प्रकाशित (३ साल अघि) ३४१ पाठक संख्या

काठमाडौं । काठमाडौंमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा थप ७ जनाको पिसिआर टेष्ट पाजेटिभ आएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंकै २ जना र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ सय १६ जना संक्रमितसहित देशभर संक्रममितको संख्या १७ हजार १ सय ७७ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ११ हजार २५ जना उपचारपछि घर फर्किएका छन् भने अहिलेसम्म ३९जनाको ज्यान गएको छ ।