आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

बुधबार थप ११६ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १७,१७७ पुग्यो

गोकर्णेश्वर खबर३१ असार २०७७, बुधबार १६:३२ मा प्रकाशित (३ साल अघि) २०५ पाठक संख्या

बुधबार थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ।

त्यस्तै यस अवधिमा ६ सय ९७ जना निको भई घर फर्किएका छन्। हालसम्म ११ हजार २५ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ। हालसम्म ६४ प्रतिशत निकाे भएकाे मन्त्रालयले जनाएकाे छ।

विगत २४ घण्टामा ५ हजार ९० जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म नेपालमा कुल २ लाख ९८ हजार बढीकाे  पिसिआर परीक्षण भएकाे छ।

त्यस्तै हालसम्म मृतक ३९ जनामा कोरोना पुष्टि भएको छ।