आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

गोकर्णेश्वर नगरपालिकालाइ स्वास्थ्य सामग्री सहयोग

गोकर्णेश्वर खबर३१ असार २०७७, बुधबार ०९:४९ मा प्रकाशित (३ साल अघि) ८१५ पाठक संख्या

काठमाडौं – सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकामा रहेको हिल–नेपाल (HEAL Nepal) र गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा रहेको ह्योल्मो संचार समुह (Hyolmo Media Group)द्वारा हाल विश्वव्यापी महामारी कोरोना भाईरस (COVID-19) को रोकथाम, नियन्त्रण र उपचार लगायत क्वारिन्टन व्यवस्थापन र स्वास्थ्यकर्मीहरुको स्वास्थ्यमा ध्यानमा राखी निम्न स्वास्थ्य सामग्रीहरु गोकर्णेश्वर नगरपालिकालाई सहयोग स्वरुपमा ह्योल्मो समाजका समाज सेवी टासी लामा ह्योल्मो र समाज सेवी गोपाल लामाले एक कार्यक्रममा गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेलाई हस्तान्तरण गरेको छ।

सहयोग गरिएको स्वास्थ्य सामग्रीहरूको विवरण निम्न प्रकार छन् :

१) थर्मल गन – ९ थान

२) पि.पि.ई. सेट (PPE Set) – १० थान

३) सर्जिकल माक्स – १००० थान

४) के.एन्.(KN 95) माक्स – १०० थान

५) सेनिटाइजर – १० लिटर

६) अटोमेटिक सेनिटाइजर डिस्पेन्सर – १ थान

७) सेफ्टि गगल्स् – २ थान

८) तौलिया रुमाल – २० थान

९) हात धुने साबुन – १४४ थान रहेका छन् ।

अन्त्यमा सहयोग गर्नुहुने सहयोगी संस्था हिल नेपाल र ह्योल्मो सञ्चार समूहलाई नगर प्रमुख सन्तोष चालिसेले धन्यवाद ज्ञापन गर्नु भयो ।

उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उप–प्रमुख शान्ति नेपाल, गोकर्णेश्वर नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत श्री नरहरि घिमिरेको पनि उपस्थिति रहेको थियो।